काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर गोन्कालो रामोस घुँडाको चोटका कारण करिब तीन महिना मैदानबाहिर रहने भएका छन्।
फ्रेन्च लिगमा ले हाभ्रेविरुद्धको पहिलो खेलमा रामोसको बायाँ घुँडाको लिगामेन्टमा गम्भीर चोट लागेको थियो। पीएसजीले भनेको छ,‘२३ वर्षीय पोर्चुगिज खेलाडीलाई आगामी दिनमा शल्यक्रियाको आवश्यकता पर्नेछ।’
केलियन एमबाप्पे रियल मड्रिडमा स्थानान्तरण भएपछि रामोस प्रमुख आक्रामक खेलाडी हुने अपेक्षा गरिएको थियो। उनी घाइते भएसँगै डिफेन्डिङ फ्रेन्च च्याम्पियनका लागि ठूलो धक्का लागेको छ।
रामोस गत सिजन बेनफिकाबाट स्थायी रूपमा पिएसजीमा आबद्ध भएका थिए।