काठमाडौं। इन्टर मिलानले सिरी ‘ए’ को उपाधि रक्षाका लागि शनिबार जेनोआसँग २–२ गोलको बराबरी खेलेको छ।
मुख्य खेलाडी स्टेफान डी भ्रिज र पियोटर जिलिन्स्कीको अनुपस्थितिमा रहेको इन्टरले स्ट्राइकर मार्कस थुरामको दुई गोलका बावजुद जितका साथ आफ्नो अभियानको सुरुआत गर्न सकेन ।
२०औं मिनेटमा एलेसेन्ड्रो वोग्लियाकोले गोल गर्दै जेनोआलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि निकोलो बरेलाको क्रसमा थुरामले गोल गर्दै खेल बराबरीमा ल्याए । जेनोआका कप्तान मिलान बडेल्जले डिबक्सभित्र फउल गरेपछि थुरामले इन्टरलाई पेनाल्टी दिलाएका थिए। तर, भिएआर रिभ्युपछि उक्त निर्णय उल्टाइएको थियो ।
इन्टरले ब्रेकपछि आफ्नो आक्रमणलाई तीव्र बनायो। तर, फेडेरिको डिमार्कोले ५३औं मिनेटमा गरेको प्रयास अफसाइड रह्यो। त्यही निर्णायमा आपत्ती जनाउँदा मुख्य प्रशिक्षक सिमोन इन्जाघीले पहेंलो कार्ड प्राप्त गरे।
खेल सकिन ८ मिनेट बाँकी छँदा थुरामले जेनोआका गोलकिपर पियरलुइगी गोलिनीले गरेको गल्तीको फाइदा उठाँदै २–१ को अग्रता दिलाएका थिए। तर, जुनियर मेसियासले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै इन्टरबाट अंक खोसे।