काठमाडौं। रोबर्ट लेवान्डोस्कीको दुई गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद् सुरुआत गरेको छ। योसँगै बार्सिलोनाले भ्यालेन्सियासँग तीन अंक खोसेको छ।
भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले २-१ पुनरागमन जित हात पारेको हो। डिएगो लोपेजको पासमा गोल गर्दै ४४औं मिनेटमा ह्युगो डुरोले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, उक्त अग्रता पहिलो हाफको इन्ज्युरी समयमै तोडियो। लमिन यमलले मिलाइदिएको बलमा लेवान्डोस्कीले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए।
पहिलो हाफ सुरु भएको चौथो मिनेटमै भ्यालेन्सियाका डिफेन्डरले अर्को गल्ती गरे। जुन गल्तीको फाइदा उठाउँदै लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए।