काठमाडौं। नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ।
प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म हुने तय छ। छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।