काठमाडौं। ब्राजिलका स्ट्राइकर इभानिल्सनलाई बोर्नमाउथले अनुबन्ध गरेको छ।
२४ वर्षीय इभानिल्सनलाई शुक्रबार पोर्टोबाट चार करोड पाउन्ड (पाँच करोड १६ लाख अमेरिकी डलर) मा अनुबन्ध गरिएको हो।
गत सिजन उनले पोर्चुगिच क्लब पोर्टोका लागि लिगमा १३ गोल गरेका थिए। गत अक्टोबरमा रोयल आन्टवर्पविरुद्ध च्याम्पियन्स लिगको समूहचरणमा उनले ह्याट्रिक गरे।
इभानिल्सनले डोमिनिक सोलान्केको स्थान लिनेछन्, जो शनिबार टोटनह्यामबाट मैदान उत्रिँदैछन्। टोटनह्यामले फ्रान्सको यू–२१ अन्तर्राष्ट्रिय विंगर विल्सन ओडोबर्टलाई पनि रेलिगेसनमा परेको बर्नलीबाट २करोड ५० लाख पाउन्ड (३ करोड २३ लाख अमेरिकी डलर) मा किनेको छ। इप्सविचले म्यानचेस्टर सिटीबाट लोनमा ब्ल्याकबर्न र काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ।
साउथह्याम्पटनले स्ट्राइकर क्यामरुन आर्चरलाई एस्टन भिल्लाबाट अनुबन्ध गरेको छ।