काठमाडौं। म्यानचेस्टर सिटीका विंगर ओस्कार बोब तीनदेखि चार महिना मैदान बाहिर रहने भएका छन्।
नर्वेका खेलाडीलाई यसै साता प्रशिक्षणका क्रममा चोट लागेको थियो। उनको खुट्टाको हड्डी भाँचिएको थियो। शुक्रबार शल्यक्रिया गरिएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताए।
सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध खेल्दै छ । बबले संयुक्त राज्य अमेरिकाको प्रि-सिजन टूरको क्रममा प्रभावित पारेका थिए। शनिबार कम्युनिटी शिल्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा सिटीको जितमा लगभग पूरा खेल खेले।
ग्वार्डिओलाले डिफेन्सिभ मिडफिल्डर रोड्री युरोपियन च्याम्पियनसिपपछि प्रि-सिजन प्रशिक्षणमा फर्केपछि चेल्सीविरुद्ध सहभागी नहुने बताएका छन् ।
ग्वार्डिओलाले अर्का मिडफिल्डर काल्भिन फिलिप्स पनि लोनमा इप्सविचमा आबद्ध हुन लागेको बताएका छन् ।