काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिगको पहिलो खेलमा ले हाभ्रेलाई ४–१ गोलअन्तरले पराजित गर्दै स्टार स्ट्राइकर किलियन एमबाप्पेबिना विजयी सुरुआत गरेको छ। यद्यपि, पिएसजीले तीन गोल अन्तिम पाँच मिनेटमा गरेको हो।
पेरिस क्लबले पछिल्लो १२ सिजनमा १० लिग उपाधि जितेर फ्रान्सेली फुटबलमा प्रभुत्व जमाएको छ। तर, एमबाप्पे रियल मड्रिडमा अनुबन्ध हुने भनेपछि पिएसजीले टोली पुनर्निर्माण गरिरहेको थियो।
अहिले पनि टोली पुनर्निर्माण भइरहेको छ। पहिलो खेलको नतिजासँगै एमबाप्पेको अनुपस्थितिमा नयाँ पुस्ताले थप जिम्मेवारी लिन सक्ने अनुमान गरिएको छ।
दक्षिण कोरियाका २३ वर्षीय फरवार्ड ली काङ–इनको गोलमा पिएसजीले घरेलु मैदानमा सुरुआती अग्रता लिएको थियो। तर, फ्रान्सका विश्वकप विजेता गोलकिपर ह्युगोका भाइ गौटियर लोरिसले ४८ औं मिनेटमा बराबरी गोल फर्काए। ८५ औं मिनेटमा उस्माने डेम्बेलेको गोलबाट पिएसजीले पुन: अग्रता लियो।
त्यसको पाँच मिनेटपछि जोसुए कासिमिरले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पिएसजीले ८५ औं मिनेटमा उस्माने डेम्बेलेको गोलबाट अग्रता लिएको थियो। एक मिनेटपछि २१ वर्षीय ब्राडली बारकोलाले तेस्रो गोल गरे भने खेलको अन्तिम मिनेटमा कोलो मुआनीले पेनाल्टीबाट चौथो गोल थपे।