काठमाडौं। जर्मन कप अन्तर्गत शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले उल्मलाई ४–० गोलअन्तरले पराजित गरेको छ।
बायर्नका लागि थोमस मुलरले १५ मिनेटमा दुई गोल गरे। किङ्स्ले कोम्यान र सब्स्टिच्युट ह्यारी केनले थप दुई गोल गर्दै नयाँ प्रशिक्षक भिन्सेन्ट कोम्पनीलाई पहिलो प्रतिस्पर्धात्मक खेलमा जित दिलाए।
मुलरले १२ र १५औं मिनेटमा गोल गरेका थिए। कोम्यानले ७९औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए। इन्ज्युरी समयमा केनले गोल गर्दै बायर्नलाई सहज जित दिलाए।