काठमाडौं। जोशुआ जिर्कजीको डेब्यु गोलसँगै म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
ओल्ड ट्राफोर्डमा शुक्रबार भएको सिजनको पहिलो खेलमा युनाइटेडले फुलह्यामलाई १–० ले पराजित गरेको हो। युनाइटेडको जितमा जोशुआले गरेको गोल नै निर्णायक बन्यो। नेदरल्यान्ड्सका फरवार्ड यसै सिजन युनाइटेड भित्रिएका थिए।
८७औं मिनेटमा उनले गरेको गोल नै युनाइटेडको जितको लागि प्रयाप्त बन्यो। जितसँगै युनाइटेडले तीन अंक जोडेको छ। फुलह्यामले हारबाट लिग सुरु गरेको छ।