काठमाडौं। एन्टोनियो कोन्टेले नापोलीलाई इटालियन लिग इतिहासकै सबैभन्दा खराब लयबाट उकास्दै उपाधि जित्ने लक्ष्यका साथ सिरी ‘ए’ मा पुनरागमन गरेका छन्। नापोलीले सन् २०२३ मा उपाधि जितेको थियो। तर, गत सिजन भने निकै खराब प्रदर्शन गर्दै १०औं स्थानमा रह्यो।
बरु कोन्टेको पूर्व टोली इन्टर मिलानले सिरी ‘ए’ को उपाधि जितेको थियो। इन्टर निकटतम प्रतिद्वन्द्वी एसी मिलानभन्दा १९ अंकले अगाडि रहेको थियो।
लुसियानो स्पालेट्टीले ३० वर्षपछि पहिलोल्पट उपाधि जितेपछि कोन्टे नापोलीका चौथो प्रशिक्षक हुन्। रुडी गार्सिया, वाल्टर माज्जारी र फ्रान्सेस्को काल्जोनाले गत सिजन प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
कोन्टेले एक दशक युभेन्ट्सलाई स्थापित गरे। लगातार नौ सिरी ‘ए’ उपाधि जितेको युभेन्ट्सलाई तीन उपाधि दिलाउन उनले टोलीको नेतृत्व गरे। सन् २०२१ मा इन्टरको जिम्मेवारी सम्हाल्दा उनले यो क्रम अन्त्य गरेका थिए।
यसबीचमा उनले चेल्सीसँग प्रिमियर लिगको उपाधि पनि जितेका थिए। यद्यपि, मार्च २०२३ मा आपसी सहमतिमा टोटनह्याम छोडेपछि कोन्टे एक वर्षभन्दा बढी समयदेखि ‘टर्च लाइन’ बाट टाढा छन्। नापोलीले आइतबारदेखि हेलास भेरोनामा आफ्नो लिग अभियान सुरु गर्दैछ।