काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट स्टार स्ट्राइकर किलियन एमबाप्पे रियल मड्रिड पुगेपछि फ्रेन्च लिग पछिल्ला वर्षहरूको तुलनामा खस्किने अनुमान गरिएको छ। डिफेन्डिङ च्याम्पियन पिएसजीले लि हाभ्रेको सामना गर्दै शुक्रबारदेखि सुरु हुने नयाँ सिजनको सुरुआत गर्नेछ।
एमबाप्पेको बहिर्गमनले पार्क डेस प्रिन्सेसमा ठूलो शून्यता छोडेको छ। यो पीएसजीको लागि एक युगको अन्त्यको प्रतीकजस्तै हो। जसले पछिल्लो १२ सिजनमा १० लिग उपाधिका साथ फ्रान्सेली फुटबलमा प्रभुत्व जमाएको छ।
एमबाप्पेले हालैका वर्षहरूमा टोलीको सफलताको लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। यद्यपि, उनले युरोपियन फुटबलको सबैभन्दा ठूलो उपाधि च्याम्पियन्स लिग पेरिस ल्याउन सकेनन्।
मुख्य प्रशिक्षक लुइस एनरिकमाथि टोलीलाई नयाँ आकार दिन र फ्रान्समा आफ्नो प्रभुत्व कायम राख्न दबाब बढेको छ। उस्मान डेम्बेले र गोन्कालो रामोसले यस सिजनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पिएसजीले १९ वर्षीय पोर्चुगिज मिडफिल्डर जोआओ नेभेसलाई पनि बेनफिकाबाट भित्र्याएको छ । तैपनि पीएसजीले आफ्नो उपाधि रक्षाका लागि मैदानमा प्रभावशाली प्रदर्शन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अझै बाँकी नै छ।