काठमाडौं। गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको गिरोनाले रियल बेटिससँग १–१ गोलको बराबरी खेलेको छ।
बेनिटो भिल्लामारिन रंगशालामा भएको खेलको सातौं मिनेटमा मार्क बार्ट्राले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए। उनले नबिल फेकिरको पासलाई सदुपयोग गरे।
तर, इकर अल्मेनाको पासमा ७२औं मिनेटमा गेब्रियल मिसेहाउले गोल गर्दै गिरोनालाई खेलमा फर्काए। गत सिजन क्लब इतिहासमा पहिलोल्पट च्याम्पियन्स लिगमा स्थान बनाएपछि गिरोनाका आर्टेम डोभबिक, एलिक्स गार्सिया, साभिन्हो, एरिक गार्सिया र यान काउटोसहित धेरै खेलाडीले क्लब छाडेका छन्। त्यसैले उसलाई यो सिजन उक्त सफलता दोहोर्याउन गाह्रो हुनेछ।
सातौं स्थानमा रहेको बेटिसले यो सिजन राम्रो नतिजा निकालेको छ। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले किलियन एमबाप्पेको कप्तानीमा आइतबार मालोर्कामा पहिलो खेल खेल्नेछ। बार्सिलोनाले शनिबार भ्यालेन्सियासँग खेल्ने छ भने एट्लेटिको मड्रिडले सोमबार भिल्लारियलको सामना गर्नेछ।