एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक 'फिट' खेलाडीको सूचीमा अटाएका छन् ।स्पोर्ट्स इलुस्ट्रेटले निकालेको सर्वाधिक फिट खेलाडीको सूचीमा रोनाल्डो परेका हुन् ।
स्पोर्ट्स इलुस्ट्रेटले निकालेको सूचीमा रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । ३३ बर्ष पुगेपनि पोर्चुगिज रोनाल्डोको शारीरिक क्षमता, मांसपेशीको बनावट निकै बलियो रहेको इलुस्ट्रेटले जनाएको छ । रोनाल्डो आफ्नो उमेरभन्दा बढी क्षमतावान खेलाडी रहेको र उनले क्लबका लागि उस्तै प्रदर्शन गरिरहेको जनाएको छ । खेलको दौरान रोनाल्डोको गती उच्च रहेको समेत बताईएको छ ।
रोनाल्डो भन्दा अघि एनएफएल (अमेरिकन फुटबल) खेलाडी सकुन बार्क्ली रहेका छन् । सर्वाधिक फिट खेलाडी बनेका बार्क्लीले एनएफएल लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । मात्र २१ बर्ष पुगेका बार्क्लीको शारीरिक क्षमता असाधारण र खेलको गती उच्च रहेको उल्लेख गरिएको छ ।
सर्वाधिक 'फिट' खेलाडीको सूचीमा फुटबलबाट रोनाल्डो र मोड्रिच मात्र अटाएका छन् । रियल मड्रिड तथा क्रोएसियन कप्तान मोड्रिच १२ औं स्थानमा रहेका छन् ।
सर्बियन टेनिस स्टार नोभाक जोकोभिक चौथो स्थानमा रहेका छन् । सूचीको तेस्रो स्थानमा बास्केटबल खेलाडी जियानिस एन्टेटोकुन्पो रहेका छन् । यस्तै पाँचौ स्थानमा म्याराथन धावक केभिन मेयर रहेका छन् ।
सर्वाधिक 'फिट' खेलाडीको सूचीमा सर्वाधिक धेरै खेलाडी बास्केटबल र एथ्लेटिक्स खेलाडी रहेका छन् ।