काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले साफ यू–२० च्याम्पियनसिप कता आयोजना गर्ने भन्नेबारे अझै टुंगो नलागेको जानकारी दिएका छन्। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र श्रीलंका रहेको समूह ‘ए’ मा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन्। तर, प्रतियोगिता सुरु हुनु तीन दिन बाँकी रहँदा पनि मैदानको टुंगो नलागेको उनले जानकारी दिए।
‘हामीले दशरथ रंगशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौं। तर, चर्च ब्वाइज र पारो एफसीको खेलमै मैदान बिग्रिएको छ। त्यसैले आज एएफसीबाट निरीक्षण भएपछि मात्रै के हुन्छ भन्न सक्छौं,’ उनले भने।
प्रतियोगिताका खेल रंगशालामा नभए सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।