काठमाडौं। साफ यु–२० च्याम्पियनसिप खेल्न माल्दिभ्सको टोली नेपाल आइपुगेको छ। प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।
माल्दिभ्सको टोलीले बुधबार भुटानसँग खल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। माल्दिभ्स र भुटान रहेको समूह ‘बी’ मा साबिक विजेता भारत पनि रहेको छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।
दुई वर्षअघि भारतमा भएको प्रतियोगिता सिंगल राउन्ड रोबिनमा खेलाइएको थियो। पाँच टोली सहभागी प्रतियोगितामा माल्दिभ्स चौथो स्थानमा रहँदै बाहिरिएको थियो।
माल्दिभ्सले श्रीलंकालाई १–१ गोलको बराबरीमा रोक्नुबाहेक अन्यमा निराशाजनक हार बेहोरेको थियो।