काठमाडौं। स्पेनी फुटबल स्टार लामिन यमलका पितामाथि छुरा प्रहार भएको छ।
स्पेनिस समाचारपत्र ला भानगार्डियाका अनुसार १७ वर्षीय यामालका पिता मौनीर नसराउईमाथि बार्सिलोनानजिकै छुरा प्रहार भएको हो। उनलाई अस्पताल भर्ना गरिएको छ।
पत्रिकाले नसराउईलाई धेरै पटक छुरा प्रहार गरिएको उल्लेख गरेको छ। उनको अवस्था गम्भीर तर स्थिर छ।
स्पेनले जुलाईमा युरो कप जितेको थियो। जसमा यामाल विजेता टोलीका सदस्य थिए।