काठमाडौं। साउदी सुपर कपको उपाधिका लागि अल–हिलाल र अल–नासर भिड्ने भएका छन्।
बुधबार राति भएको खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले हिलालसँगको भेट पक्क गरेको हो। हिलाल यसअघि नै अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।
नासरलाई फाइनल पुर्याउन आठौं मिनेटमै आयमन याह्याले गोल गरेको थिए। ५७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अर्को गोल थपे। इन्ज्युरी समयमा नासर १० खेलाडीमा समेटिएको थियो।
नासरका मार्सेलो ब्रोजोभिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।