काठमाडौं। केलियन एमबाप्पेको डेब्यु खेलमै रियल मड्रिडले युइएफए सुपर कप जितेको छ। नेसनल रंगशालमा बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गरेको हो। यही खेलबाट एमबाप्पेले रियलमा डेब्यु गरेका हुन्।
५९औं मिनेटमा फेडेरिको भल्भर्डोले रियललाई सुरुआती अग्रता दिलाए। उनले भिनिसियस जुनिअरको पासमा गोल गरे। जुड बेलिङ्घमले उपलब्ध गराइदिएको पासमा एमबाप्पेले ६८औं मिनेटमा अर्को गोल थपे र उपाधि दिलाइदिए।