काठमाडौं। फियोरेन्टिनाले मोरक्कोका मिडफिल्डर अमिर रिचर्डसनलाई लिग वान क्लब स्टेड डी रिम्सबाट अनुबन्ध गरेको छ।
गत सिजन लिग वानका २८ खेलमा तीन गोल गरेका रिचर्डसनले पेरिस ओलम्पिक २०२४ मा मोरक्कोलाई कास्य पदक दिलाएका थिए।
‘एसीएफ फियोरेन्टिनाले रिचर्डसनलाई स्टेड डी रिम्सबाट भित्र्याएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ। फ्रान्समा जन्मिएका २२ वर्षीया मिडफिल्डरले मोरक्कोबाट सात अन्तर्राष्ट्रिय खेल खेलेका छन्।