काठमाडौं। ला लिगा सुरु हुनुअघि भएको अन्तिम मैत्रीपूर्ण खेलमा हान्सी फ्लिकको बार्सिलोना लिग वान क्लब मोनाकोसँग ३–० गोलअन्तरले पराजित भएको छ। युरो कप २०२४ मा स्पेनबाट खेलेका लामिन यामाल स्वदेश फर्केपनि मोनाकोले जोआन गाम्पर ट्रफीमा बार्सिलोनालाई हरायो।
जर्मन प्रशिक्षक मेमा नियुक्त भएपछि आफ्नो पहिलो घरेलु म्याचको जिम्मेवारी लिएका थिए। उनले रियल मड्रिडमाथिको जितसहित आफ्नो प्रशिक्षण सुरु गरेका थिए। तर, क्याटलान ओलम्पिक स्टेडियममा उक्त लयलाई कायम राख्न सकेनन्।
मोनाकोले दोस्रो हाफको सुरुमै कर्टेन रेजरमा लामिन कामाराको गोलबाट अग्रता लिएको थियो भने ब्रिल एम्बोलोले अग्रता दोब्बर पारे। इल्के गुन्डोगानले टाउकोमा चोट लागेपछि मैदान छाडेका थिए भने फ्लिकले स्पेनका युरो २०२४ स्टार लामिन यामाललाई मैदानमा उतारेका थिए।
१७ वर्षीय खेलाडी मैदान उत्रिएपछि केही समयका बार्सिलोनाका समर्थक उत्साहित भएका थिए। तर, क्रिश्चियन माविसाले मोनाकोको तेस्रो गोल गरेपछि स्टेडियम शान्त भएको थियो।
प्रतिद्वन्द्वी रियलबाट स्पेनिस उपाधि खोस्ने लक्ष्यमा रहेको बार्सिलोनाले शनिबार भ्यालेन्सियाको सामना गर्दै ला लिगाको सुरुआत गर्नेछ ।