काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुलीप ट्रफी राउण्डका खेलमा परिवर्तन गरेको छ ।
पहिले अनन्तपुरमा आयोजना गर्ने भनिए पनि अहिले बैंग्लोरमा आयोजना गर्ने निर्णय भएको छ । तीव्र गतिका बलर जसप्रित बुमराह र अनुभवी स्पिनर रविचन्द्रन आश्विनबाहेक भारतका अन्य केही स्टार खेलाडीहरु यस प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ ।
तर, ब्याट्सम्यान विराट कोहली र रोहित शर्मालाई भने छुट दिइनेछ ।प्रतियोगितामा भाग लिने नलिने निर्णय पूर्ण रूपमा उनीहरूमा छाडिएको छ।
दुलीप ट्रफीको पहिलो राउण्डका दुई सेटका खेलहरू सेप्टेम्बर ५ देखि आन्ध्र प्रदेशको अनन्तपुरमा हुने भए पनि अब रसदको समस्याबाट बच्न तीमध्ये एउटा खेल एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
अनन्तपुर बेंगलुरुबाट २३० किलोमिटर टाढा छ र हवाईमार्गमा जोडिएको छैन। बंगलादेशविरुद्धको टेस्ट सिरिजअघि रातो बलको क्रिकेटको अनुभव लिन सकून् भनेर केही शीर्ष खेलाडीको सुविधाका लागि यो निर्णय गरिएको स्रोतले जनाएको छ ।