काठमाडौं। न्युजिल्यान्डले अफगानिस्तानविरुद्ध अर्को महिना हुने टेस्ट र श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट शृंखलाका लागि पाँच स्पिनरलाई टोलीमा समावेश गरेको छ। अफगानिस्तानविरुद्धको एक मात्र टेस्ट सेप्टेम्बर ९ देखि १३ सम्म भारतको ग्रेटर नोयडामा हुनेछ।
श्रीलंकामा सेप्टेम्बर १८ र २६ मा दुई टेस्ट सुरु हुनेछ। टिममा अनुभवी तीव्र गतिका बलर टिम साउदी कप्तान हुनेछन् भने टोलीमा केन विलियम्सन, डेभोन कोन्वे, ग्लेन फिलिप्स र रचिन रविन्द्रजस्ता खेलाडी पनि छन्। प्रशिक्षक ग्यारी स्टिडले भने,‘ उपमहाद्वीपको टेस्ट भ्रमणका लागि कठिन निर्णय हुनेछ। आद्रता र गर्मीबाहेक तीव्र गतिका बलरहरू पिचका कारण बाहिर रहनुपर्ने हुन सक्छ। मैले यस विषयमा कुरा गरेका छौं। टिमलगायत तीव्र गतिका बलरको कामको बोझ व्यवस्थापनका लागि यो महत्त्वपूर्ण छ।’
स्पिन अलराउन्डर मिचेल ब्रेसवेल १८ महिनापछि पुनरागमन गर्दैछन्। मिचेल सान्टनर, एजाज पटेल, ग्लेन फिलिप्स र रविन्द्रले स्पिनको जिम्मेवारी सम्हाल्नेछन्।
टोली:
टिम साउदी (कप्तान), टम ब्लन्डेल, मिचेल ब्रेसवेल, डेभोन कोन्वे, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओ'रुर्की, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल स्यान्टनर, बेन सियर्स, केन विलियमसन र विल योङ।