काठमाडौं। टोटनह्यामले इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथका स्ट्राइकर डोमिनिक सोलान्केलाई अनुबन्ध गरेको छ। उनलाई ६ करोड ५० लाख पाउन्ड (८ करोड ३० लाख अमेरिकी डलर) मा टोटनह्यामले अनुबन्ध गरेको हो।
इङ्ल्यान्डका लागि एक खेल खेलिसकेका सोलान्केले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुभन्दा एक साताअघि ६ वर्षको सम्झौता गरेका हुन्। सोलान्केले बोर्नमाउथका लागि पाँच वर्षमा २१४ खेलमा ७७ गोल गरेका छन्।
उनले यसअघि चेल्सी र लिभरपुलबाट खेलेका थिए। टोटनह्यामले अगस्ट १९ मा लेस्टरसँग खेल्दै छ भने सोलान्केले आगामी सिजनको सुरुआतका लागि ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी रिचार्लिसनसँग प्रतिस्पर्धा गर्नेछन्।