काठमाडौं। एडम जाम्पाले विगत ६ वर्षमा निकै कम प्रथम श्रेणी क्रिकेट खेलेका छन्। तर, उनी अस्ट्रेलियाको टेस्ट टिममा समावेश हुनेमा अझै आशावादी छन्।
यसअघि भारत भ्रमणका लागि टोलीमा आफूलाई समावेश नगरेको भन्दै उनले निराशा व्यक्त गरेका थिए। त्यसपछि उनी टेस्ट टिममा छनोट हुन निकै नजिक रहेको बताइएको थियो। तर, उनको स्थानमा मिचेल स्वेप्सनलाई टिममा समावेश गरिएको थियो।
सेतो बल फर्म्याटको व्यस्त तालिकाका कारण जाम्पाले सन् २०१९ यता केवल दुईवटा प्रथम श्रेणी खेल खेलेका छन्। मैले अझै पनि टेस्ट क्रिकेट खेल्ने मौका पाउँछु भन्ने आशा छ,' उनले फाइनल वर्ड पोडकास्टलाई भने।
अस्ट्रेलियाको टेस्ट टोली सामान्यतया दुई स्पिनरहरू रहँदैनन्। यस्तो लाइन अप हेर्न धेरै गाह्रो छ। तर, अस्ट्रेलियाको टोलीले अर्को वर्षको सुरुमा श्रीलंका भ्रमण गर्ने भएको छ। त्यसबेला नाथन लियोनसँगै थप केही स्पिनरलाई टोलीमा समावेश गर्ने सम्भावना छ। नोभेम्बरमा पाकिस्तानी टोलीले एकदिवसीय र ट्वान्टी–२० सिरिजका लागि अस्ट्रेलियाको भ्रमण गर्नेछ।