पथरी। प्रथम मनसुन कप फुटबल प्रतियोगिताको उपाधि गोल्डेन स्टार फुटबल क्लब जुनियरले जितेको छ।
मोरङको बूढीगंगास्थित हात्तीमुडामा भएको प्रतियोगितामा गोल्डेन स्टारकै सिनियर टोलीलाई ट्राई बेकरमा पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो। शनिबार भएको फाइनलमा जुनियरले ट्राई बेकरमा सिनियरलाई ३- १ गोलले स्तब्ध बनायो।
निर्धारित समयमा खेल १-१ को बराबरी भए पछि खेलको निर्णय ट्राई बेकरबाट गरिएको हो। निर्धारित समयको २२औं मिनेटमा श्रवण गच्छेदारले गोल गर्दै सिनियरलाई अग्रता दिलाएका थिए।
तर, जुनियरका अमन थम्दारको दोस्रो हाफको सातौं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि गोल हुन सकेन र खेल ट्राई बेकरतर्फ धकेलियो। ट्राई बेकरमा विजयी बन्दै जुनियरले उपाधि जित्यो।
विजेतालाई कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन आचार्यले ट्रफी र नगद वितरण गरे।