काठमाडौं। सिरी 'ए' क्लब फियोरेन्टिनाले स्पेनका पूर्वगोलकिपर डेभिड डी गियालाई अनुबन्ध गरेको छ ।
एट्लेटिको मड्रिडबाट युरोपा लिग र युइएफए सुपर कप जितेर आफ्नो करियर सुरु गरेका ३३ वर्षीय गियाले थप एक वर्षको विकल्पसहित एक वर्षको सम्झौता गरेका हुन् ।
प्रिमियर लिग, एफए कप, दुई लिग कप र युरोपा लिग जितेका गियाले जुलाई २०२३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोडेका थिए।
सन् २०२० सम्म उनले स्पेनका लागि खेलेका थिए। उनी गत सिजन आठौं स्थानमा रहेको र पछिल्ला दुई कन्फरेन्स लिगको फाइनलमा पराजित भएको क्लबमा सामेल भएका छन्।