काठमाडौं। एलेक्सिया पुटेलासले पेनाल्टी चुकाउँदा जर्मनीले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा कांस्य जितेको छ।
ग्रुपमा स्टेडियममा शुक्रबार राति तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग स्पेन ०–१ ले पराजित भएको हो।जर्मनीको जितमा जिउलिया ग्विनले गरेको गोल नै निर्णायक बन्यो। उनले ६४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी थिइन्।
इन्ज्युरी समयको आठौं मिनेटमा स्पेनले बराबरीमा फर्किने अवसर पाएको थियो। तर, पुटेलास पेनाल्टीमा चुक्न पुगिन्।