काठमाडौं। थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सहज जित हासिल गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टारले एफसी खुमलटारमाथि ४–० गोलको सहज जित हासिल गरेको हो।
थ्री स्टारको जितमा रोमन श्रेष्ठले दुई गोल गरे। यस्तै, क्याप्टेन बोगटी र सुनील स्याङ्ताङले समान एक थपे।
जितसँगै थ्री स्टारले आठ खेलमा १४ अंक जोडेको छ। लगातार सातौं हार बेहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ।