काठमाडौं। सविनकुमार लुंगेली मगरको ह्याट्रिकप्रेरित संकटा फुटबल क्लबल ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सातदोबाटो युथ क्लबमाथि ६–० को फराकिलो जित हासिल गरेको छ। संकटाको यो तेस्रो जित हो ।
छैटौं स्थानमा उक्लिएको संकटाले आठ खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको संकटा ११औं स्थानमा रहेको छ । संकटाका सविनबाहेक, सोनमछिरिङ हेल्मो, अजित चौधरी र हिमेश माझीले एक/एक गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलको २०औं मिनेटमै सविनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि पेनाल्टीमा गोल गर्दै उनले अग्रता दोब्बर बनाए । लगातार दुई गोल बेहोरेको सातदोबाटोले त्यसको एक मिनेट बित्न नपाउँदै अर्को गोल खान पुग्यो । यसपल्ट संकटाका सोनम छिरिङ हेल्मोले गोल गरे ।
३७औं मिनेटमा सविनले ह्याट्रिक पूरा गरे । जारी लिगमा यो पाँचौं ह्याट्रिक हो । यसअघि विक्रम गौतम तथा सुवास बम (पुलिस), विवश दर्लामी (जावलाखेल युथ क्लब) र विज्ञान खड्का (एनआरटी) ले ह्याट्रिक गरिसकेका छन् ।
६०औं मिनेटमा अजित चौधरीले टोलीका लागि पाँचौं गोल गरे । निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा हिमेश माझीले गोल गरेसँगै संकटाले लिगमै पहिलोपल्ट फराकिलो जित हासिल ग¥यो ।