पथरी। मोरङको बूढीगंगास्थित हात्तीमुडामा सञ्चालित प्रथम मनसुन कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गोल्डेन स्टार फुटबल क्लब (सिनियर) विजयी बन्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै गोल्डेन स्टार फुटबल क्लबका दुवै टोली उपाधिका लागि भिड्ने भएका छन्।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा जुनियर फुटबल क्लब लखन्तरीलाई ३–२ ले हराउँदै गोल्डेन स्टारले फाइनलको यात्रा तय गरेको छ। गोल्डेन स्टारका लागि धिरज चौधरी, हर्षित चौधरी र स्रवण गच्छदारले गोल गरे। पराजित जुनियर फुटबल क्लब लखन्तरीका विनोद चौधरी, रितेश राजवंशीले गोल गरे।
बिहीबारको खेलमा गोल्डेन स्टारका हर्षित चौधरी म्यान अफ द म्याच घोषित भए। उपाधि रक्षाका लागि दुई गोल्डेन स्टार युथ क्लब शनिबार प्रतिस्पर्धा गर्नेछन्।