काठमाडौं। एस्टन भिल्लाले प्रि–सिजन मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथलेटिकमाथि रोमाञ्चक जित हासपल गरेको छ।
बिहीबार बिहान भएको खेलमा इङ्लिस क्लब ३–२ ले विजयी भएको हो। चौथो मिनेटमै याकुब रामसेले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए।
२६औं मिनेमा येरे अल्भारेजले गोल गर्दै एथलेटिकलाई खेलमा फर्काए। ६०औं मिनेटमा जेडेन फिलोजीनले गोल गर्दै भिल्लालाई पुन: अग्रता दिलाए। तर, ७२औं मिनेटमा गोर्का गुरुजेताले एथलेटिकलाई खेलमा फर्काए।
निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा क्यामरुन आर्चरले गोल गरेसँगै भिल्ला ३–२ ले विजयी भएको थियो।