काठमाडौं। सोफिया स्मिथको निर्णायक गोलसँगै अमेरिका पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको उपाधिनजिक पुगेको छ।
अमेरिकाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ। बुधबार बिहान भएको खेलमा स्पेनलाई ४-२ ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान पक्का गरेको थियो।
ग्रुपमा स्टेडियममा मंगलबार राति भएको खेलमा अमेरिकाले जर्मनीलाई १-० ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि ३० मिनेट थप गरिएको थियो। ९५औं मिनेटमा स्मिथले गोल गर्दै अमेरिकाको जित पक्का गरे।