काठमाडौं। क्याटलान क्लब बार्सिलोना प्रि–सिजन मैत्रीपूर्ण खेलमा एसी मिलानसँग पराजित भएको छ।
बुधबार बिहान भएको इटालियन लिग क्लबले पेनाल्टी सुटआउटमा बार्सिलोनालाई ४-३ ले पराजित गरेको हो।
निर्धारित समयमा मिलानका लुका जोभिच र किश्चियन पुलिसिकले गोल गरेका थिए। यद्यपि, बर्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि खेल बराबरीमा सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमार्पत गरिएको हो।
पेनाल्टीमा मिलानका डेभिड क्यालाब्रिया, नूह ओकाफोर, यासिन अड्ली र केभिन जेरोलीले गोल गरेका थिए। बार्सिलोनाका मार्क बर्नल, एन्टोनियो फर्नान्डेज र भिटर रोकेले मात्रै गोल गर्न सके।