काठमाडौं। वेस्ट ह्याम युनाइटेडले जर्मन स्ट्राइकर निकोलस फुलक्रगलाई बोरुसिया डर्टमुन्डबाट चार वर्षका लागि अनुबन्ध गरेको छ।
फुलक्रग गत सिजनभन्दा पहिले लन्डन क्लबको राडारमा थिए। तर, उनी वेर्डर ब्रेमेनबाट बुन्डेसलिगा क्लब डर्टमुन्डमा सर्ने निर्णय गरे। डर्टमुन्डबाट उनले सबै प्रतियोगिताका ४६ खेलमा १६ पटक गोल गरे।
'मलाई लाग्छ प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग हो। इङ्ल्यान्ड जाने र वेस्ट ह्यामजस्तो ठूलो क्लबमा खेल्ने सही समय हो,' फुलक्रगले भने, 'म लामो समयदेखि वेस्ट ह्यामको बारेमा सोचिरहेको थिए। टेक्निकल डाइरेक्टर टिम स्टिडनलाई राम्रोसँग चिन्छु, किनकि हामी वेर्डर ब्रेमेनमासँगै थियौं। मैले केही खेलहरू हेरेको छु र देखेको छु। टोलीमा गुणस्तर छ।'
सम्झौताको वित्तीय विवरण सार्वजनिक गरिएको छैन। तर, ह्यामर्सले जर्मन अन्तर्राष्ट्रियका लागि २७ मिलियन पाउन्ड (३४.५ मिलियन अमेरिकी डलर) तिरेको बताइएको छ।
३१ वर्षीय फुलक्रुग जर्मनीको युरो २०२४ टोलीमा थिए। उनले पाँच खेलमा दुई गोल गरेका थिए।