काठमाडौं। म्यानचेस्टर युनाइटेडका डिफेन्डर लेनी योरो तीन महिना मैदान बाहिर रहने भएका छन्। खुट्टाको चोटको सफल शल्यक्रियापछि उनले आराम गर्ने भएका हुन्।
१८ वर्षीय फ्रान्सेली खेलाडी योरोलाई गत साता लस एन्जलसमा आर्सनलविरुद्धको प्रि–सिजन मैत्रीपूर्ण खेलमा प्रतिस्थापन गरिएको थियो। 'योरोको रिह्याबिलिटेशन सुरु भएको छ। उनी तीन महिनापछि फर्कने आशामा छौं,' युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
युनाइटेडले फ्रेन्च क्लब लिलीबाट योरोलाई गत जुलाईमा पाँच वर्षका लागि अनुबन्ध गरेको थियो।