काठमाडौं। जेआन फिलिप माटेटाको दुई गोलसँगै फ्रान्स पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको उपाधिनजिक पुगेको छ।
ग्रुपमा स्टेडियममा सोमबार राति भएको खेलमा इजिप्टलाई ३–१ ले हराउँदै फ्रान्सले फाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको ६२औं मिनेटमा महमूद साबरको गोलमार्फ इजिप्टले सुरुआती अग्रता लिएको थियो। तर, ८३औं मिनेटमा माटेटाले गोल गर्दे खेल बराबरीमा ल्याए। उनले माइकल ओलिसको पासलाई सदुपयोग गरे। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थप गरिएको थियो।
९२औं मिनेटमा उमर फयदले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिर निस्किए। त्यसपछि इजिप्ट १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै मटेटाले ९९औं मिनेमा अर्को गोल थपे। त्यसको नौ मिनेटपछि नै माइकलले गोल गर्दै फ्रान्सलाई ३–१ ले जिताएनन् मात्रै फ्रान्सलाई फाइनलको यात्रा तय पनि गराए।