काठमाडौं। कप्तान सुवास बमको ह्याट्रिकमा नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजभागीय डर्बीमा नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा सोमबार भएको खेलमा एपिएफलाई पुलिसले ६–० ले पराजित गरेको हो। छैटौं जितसँगै शीर्ष स्थानमा रहेको पुलिसले सात खेलमा १९ अंक जोडेको छ। चौथो पराजय बेहोरेको एपिएफको सामना खेलबाट सात अंक छ।
खेलको ४७औं मिनेटमा लक्ष्मण थामीको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो। त्यसको ११ मिनेटपछि लक्ष्मणले नै टोलीको अग्रता दोब्बर बनाए।
७४ र ७८ औं मिनेटमा कप्तान सुवास बमले गोल गरे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सुवासले ह्याट्रिक पूरा गरे। इन्जुरी समययमा सुवासले नै व्यक्तिगत चौथो गोल गर्दै पुलिसलाई ६–० को फराकिलो जित दिलाए।