काठमाडौं। मनाङ मर्स्याङदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार मछिन्द्र फुटबल क्लब ३-२ ले पराजित भएसँगै मनाङ तेस्रो स्थानमा ओर्लिएको हो।
दोस्रो हार बेहोरेको मनाङ सात खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ। चौथो जितसँगै मछिन्द्रले समान खेलबाट १४ अंक जोडेको छ। मछिन्द्र चौथो स्थानमा छ।
२२औं मिनेटमा रोनिक रानामगरको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। तर सकेन ६ मिनेटपछि नै दर्शन अधिकारीले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई खेलमा फर्काए।
३१औं मिनेटमा भूपेन्द्र धरलाले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए। ६०औं मिनेट प्रसुन तामाङले टोलीका लागि तेस्रो गोल गरे।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अमृत बस्यालले गोल गर्दै मनाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो पर्याप्त बनेर मनाङ ३-२ ले पराजित हुन पुग्यो।