काठमाडौं। भक्तवीर सिंह तुलाधर फाउन्डेसन इन्डोर ट्वान्टी–१० क्रिकेट च्याम्पियनसिप साउन २२ गतेदेखि सुरु हुने भएको छ। कटिया हाउसको आयोजनामा हुने प्रतियोगिता साउन २६ गतेसम्म चल्ने छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबसहित १७ टोलीले सहभागिता जनाउने छन्। समूह ए मा आर्मीसहित पाँच टोली सहभागी छन्। अन्य तीन समूहमा भने समान चार टोली रहेका छन्। हरेक समूहका दुई शीर्ष टोल अर्को राउन्ड अर्थात् क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताभरका उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यानलाई समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट बलरलाई दुई हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। उत्कृष्ट क्याच र प्रत्येक खेलको प्लेयर अफ द म्याचले समान एक हजार रुपैयाँ पाउने छन्।