काठमाडौं। कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
ग्रुपमा स्टेडियममा शनिबार राति भएको खेलमा स्पेनले कोलम्बोसँग २-२ गोलको बराबरी खेलेको थियो। त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फग गरिएको हो। जसमा स्पेन ४-२ ले विजयी भयो।
त्यसअघि कोलम्बोका मायरा रमिरेज र लेसी सन्तोसले गोल गरेकी थिइन्। स्पेनकी जेनिफर हर्मोसो र इरेन परेड्सले गोल फर्काइन्।
स्पेनले फाइनल प्रवेश गर्न ब्राजिलको सामना गर्नेछ। आयोजक फ्रान्सालाई १-० गोलअन्तरले पाखा लगाउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो।