काठमाडौं। गाबी पोर्टिलोको निर्णायक गोलसँगै ब्राजिल पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
स्टेड डे ला ब्यूजोयरमा शनिबार राति भएको खेलमा ब्राजिलले आयोजक राष्ट्र फ्रान्सलाई १-० गोलअन्तरले पराजित गरेको हो।
ब्राजिलको जितमा गाबीले खेलको ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। ब्राजिलले फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।