काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले ओलम्पिक डी मार्सिलेका फरवार्ड इस्माइला सारलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ।
बेलायती सञ्चारमाध्यमका अनुसार प्यालेसले २६ वर्षीय सरका लागि करिब एक करोड २५ लाख पाउण्ड (एक करोड ५९ लाख ६० हजार अमेरिकी डलर) तिरेको हो।
गत वर्ष जुलाईमा उनी वाटफोर्डबाट मार्सिलेमा पुगेका थिए। तर, छोटो अनुपस्थितिपछि उनी इङ्लिस फुटबलमा फर्केका हुन्।