काठमाडौं। रोमाले युक्रेनी स्ट्राइकर आर्टेम डोभविचलाई गत सिजनको ला लिगाको सरप्राइज प्याकेज गिरोनाबाट अनुबन्ध गरेको छ।
क्याटलोनियाको क्लबका लागि उनले गत सिजन ३६ खेलमा २४ गोल गर्नुका साथै आठ असिस्ट गरेका थिए। इटालियन मिडियाका अनुसार क्लबले २७ वर्षीय डोभविचका लागि करिब ३८ मिलियन युरो (४१.४८ मिलियन अमेरिकी डलर) तिर्नेछ।
बेल्जियमका रोमेलु लुकाकु लोनपछि चेल्सी फर्केपछि प्रशिक्षक डेनियल डी रोसीले अर्को सिजनका लागि थप आक्रामक विकल्पको खोजी गरिरहेका थिए ।रोमाले मंगलबार अर्जेन्टिनाका विंगर माटियास सोलेलाई अनुबन्ध गरेको थियो।