काठमाडौं। कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको पहिलो एकदिवसीय खेलमा भारतले श्रीलंकासँग बराबरी खेलेको छ।
श्रीलंकाले पहिलो खेलमा आठ विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो। पाथुम निसानकाले ५६ र दुनिथ विलालागेले ६७ रन बनाए। जवाफमा भारतले राम्रो सुरुआत गरेको थियो। तर, वासिङ्टन सुन्दर, विराट कोहली र श्रेयस अय्यर चाँडै आउट भएपछि स्थिति अस्तव्यस्त भयो।
अन्त्यमा केएल राहुल, अक्षर पटेल र शिवम दुबेले छोटो इनिङ्स खेले। ४८औं ओभरमा भारतले लगातार दुई बलमा दुई विकेट गुमाउँदा खेल टाई हुँदै टुंगियो। बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए भने असालन्का र दुनिथ विलालागेले २–२ विकेट लिए।