काठमाडौं। भ्यानकुभर नाइट्स र सर्रे जगुआरले ग्लोबल ट्वान्टी-२० क्यानडा लिगमा अंक बाँढेका छन्।
शनिबार बिहान तय भएको खेल वर्षका कारण प्रभावित भएको हो। त्यसैले खेल १८ ओभरमा झारिएको थियो। तर, पाँच ओभर चलिरहँदा वर्षा पुन सुरु भएपछि दुवै टोलीले समान एक अंक बाँडेका हुन्।
भ्यानकुभर नाइट्सले पाँच खेलपछि पहिलो अंक जोडेको छ। एक खेल कम खेलेको सर्रे तीन अंकसहित पाँचौं स्थानमा छ।