काठमाडौं। आइपीएलका फ्रेन्चाइजीहरूले अक्सनमा किनिएपछि कुनै ठोस कारणबिना नै सिजनका लागि अनुपलब्ध हुने विदेशी खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन माग गरेका छन्।
फ्रान्चाइजीहरू सिजन सुरु हुनुअघि नै व्यक्तिगत कारण देखाउँदै विदेशी खेलाडीहरूलाई उपलब्ध गराउन नसक्दा खुसी छैनन्। विदेशी खेलाडीलाई ध्यानमा राखेर टोलीको रणनीति बनाइने भएकाले प्रदर्शनमा प्रभाव पार्ने फ्रेन्चाइजीहरूले बताएका छन्।
आईपीएलका फ्रेन्चाइजीहरूले यदि खेलाडीहरूलाई बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आग्रह गरे, घाइते भए र पारिवारिक कामका कारण टोलीमा उपलब्ध हुन नसकेको अवस्थामा खेलाडीहरूलाई छुट दिने बताए।
धेरै पटक आधार मूल्यमा खरिद गरिएका खेलाडीले अक्सनपछि आफ्नो नाम फिर्ता लिने समस्या फ्रेन्चाइजीहरूले भोग्नु परेको छ।