काठमाडौं। ट्वान्टी–२० शृंखलामा श्रीलंकालाई ३–० ले हराएपछि भारतले शुक्रबार एकदिवसीय शृंखलाको पहिलो खेल खेल्दैछ।
खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो २:४५ बजे सुरु हुनेछ। भारतसँग आज श्रीलंकाविरुद्ध १००औँ एकदिवसीय जित दर्ता गर्ने मौका छ। यी दुईबीच १६८ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ९९ र श्रीलंकाले ५७ जित हासिल गरेको थियो।
यस अवधिमा एक बराबरी भएको थियो भने ११ खेल अनिर्णित रह्यो। २०१४ यता भारतले २५ एकदिवसीयमध्ये २१ मा श्रीलंकालाई हराएको छ। श्रीलंकाले मात्र चार जित निकालेको थियो ।