काठमाडौं। श्रीलंकाका तीव्रगतिका बलर मथिशा पाथिराना र दिलशान मदुशंकाले भारतविरुद्धको एकदिवसीय शृंखला गुमाउने भएका छन्। पाथिरानाको काँधमा समस्या छ भने मधुशंकाको ह्यामस्ट्रिङमा समस्या छ।
अनक्याप्ड खेलाडी मोहम्मद सिराजलाई टोलीमा ल्याइएको छ। टोलीले चाँडै अर्को प्रतिस्थापन घोषणा गर्नेछ। टोलीले बिनुरा फर्नान्डोलाई स्थान दिन सक्छ। उनले २०२१ को मध्यदेखि एकदिवसीय खेलेका छैनन्। तर, ट्वान्टी–२० आईको हिस्सा थिए।
दुष्मन्थ चमेरा पनि बिमारीका कारण टोलीमा छैनन् भने नुवान तुषाराको औँला भाँचिएको छ। तेस्रो ट्वान्टी–२० मा फिल्डिङ गर्दा पाथिराना काँधमा चोट लागेको थियो। खेलमा उनले बलिङ गर्न सकेनन्।
अभ्यासका क्रममा मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको थियो। उनले ट्वान्टी–२० शृंखलामा एउटा मात्र खेल खेलेका छन्। श्रीलंकाले पछिल्लो १० खेलमा भारतसँग हार बेहोरेको छ। एकदिवसीय शृंखला शुक्रबारबाट सुरु हुँदैछ।