काठमाडौं। मनाङ मर्स्याङदी क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिगको शीर्ष स्थानमा फर्किएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफ क्लबलाई २-१ ले पराजित गर्दै मनाङ पुरानै स्थानमा फर्किएको हो। जितसँगै मनाङले ६ खेलमा १५ अंक जोडेको छ। एपिएफ समान खेलबाट सात अंक छ।
चौथो मिनेटमै दर्शन अधिकारीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। ६४औं मिनेटमा सुदीप सुनारले एपिएफका लागि बराबरी गोल फर्काए।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा एपिएका अमन मोक्तानले आत्मघाती गोल गर्दा मनाङ विजयी भयो।