काठमाडौं। एभर्टनले फ्रान्सेली क्लब लियोनबाट जेक ओ ब्रायनलाई अनुबन्ध गरेको छ। आयरल्यान्डका २३ वर्षीय सेन्टर ब्याकलाई १९.५ मिलियन युरो (२१ मिलियन अमेरिकी डलर) मा चार वर्षको सम्झौतामा क्लबले प्रिमियर लिग क्लबमा सरेको हो।
ब्रायनले गत जुनमा हंगेरीविरुद्धको खेलमा एभर्टनका कप्तान सीमस कोलम्यानसँग २–१ को जित निकाल्दै आयरल्यान्डको पहिलो क्याप जितेका थिए । लिड्सका विंगर ज्याक ह्यारिसन लोनबाट फिर्ता, मिडफिल्डर टिम इरोएग्बुनाम, फरवार्ड इलिमान नडियाए र जेस्पर लिन्डस्ट्रोमको आगमनपछि उनी एभर्टन भित्रिएका पाँचौं खेलाडी हुन्।
'एभर्टनमा सीमससँग खेल्न पाउनु सौभाग्यको कुरा हुनेछ,' उनले भने। ब्रायनले गत वर्ष क्रिस्टल प्यालेसबाट फ्रान्स सरेका थिए। ब्रायनको आगमनले एभर्टनको सेन्टर ब्याक बलियो बनाउनेछ। गत सिजन जेम्स टार्कोव्स्की र जाराड ब्रान्थवेट पहिलो रोजाइको जोडी थिए।
एभर्टन गत सिजन १५औं स्थानमा रह्यो । प्रिमियर लिगको पहिलो खेलमा एभर्टनले अगस्ट १७ मा ब्राइटनसँग खेल्दैछ ।